ललिता निवास प्रकरण : थुनछेक बहस सकियो, आदेश आजै आउने

तु खबर संवाददाता
२०८० भाद्र २४,आईतवार १५:५९

काठमाडौं । ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत, काठमाडौंमा उक्त निवास प्रकरणको थुनछेक बहस सकिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै १८ जना मात्र भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश पनि दिनेछ ।

यो मुद्दामा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा रहेका छन् । गत असार १२ मा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले संगठित अपराधमा म्याद थपेको थियो ।

त्यसअनुसार कै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तर, सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा दर्ता गरेको थियो ।