त्रिभुवन विमानस्थलबाट करिब १ किलो सुन बरामद
![](https://www.tukhabar.com/wp-content/uploads/2023/07/tribhuwan_airport-e1689822882249.jpg)
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद गरेको छ ।
विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी उक्त सुनसहित एक जनालाई पनि पक्राउ गरेको छ । तर, पक्राउ गरिएका आरोपितको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।