रेसुङ्गा–४ गुल्मी रुपन्देही सम्पर्क समाजले मनायो तीज

तु खबर संवाददाता
२०८० भाद्र २६,मंगलवार १७:४१

काठमाडौँ । रेसुङ्गा–४ गुल्मी रुपन्देही सम्पर्क समाजले रुपन्देहीको तिलोत्तमा–२ बनवाटिकामा महिला दिदिबहिनीहरुसँग तीज मनाएको छ ।  हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजले शनिबार तीज मिलन तथा दर खाने कार्यक्रम २०८० आयोजना गरेको हो ।

‘मौलिक धर्म संस्कृतिको रक्षा गरौँ, विकृति र विसंगतिलाई निरुत्साहित गरौँ’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको समाजका सचिव सुर्य पन्थीले जानकारी दिए ।

संस्थाका अध्यक्ष ओमप्रकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव पन्थीले सहजिकरण गरेका थिए भने बाक्लो संख्यामा सहभागीहरु रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयरका स्वकीय सचिव कृष्णप्रसाद पाण्डेले मौलिक परम्परा र संस्कृतिको संरक्षण हुने गरी कार्यक्रम आयोजना भएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा ९८ वर्षीया बृद्धा डिमकला पन्थी विशिष्ट अतिथि थिइन् भने पूर्व जनप्रतिनिधि दधिराम गौतमलगायत रेसुङ्गा–४ जन्म भई रुपन्देहीमा रोजगारी तथा व्यवसाय वा अध्ययन गरिरहेका सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा समाजलाई विभिन्न तवरले सहयोग पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।