६० किलो सुन प्रकरणको मुद्दा आइतबार दर्ता हुने
काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी प्रकरणको मुद्दा आइतबार मात्रै दर्ता हुने भएको छ । उक्त प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता हुने भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । उक्त प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार सूचीमा रहेका छन् ।
पक्राउ परेका ३२ जनामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले सिफारिस गरेको छ ।
सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सो प्रतिवेदनमाथि सरकारी वकिल र सीआईबीबीच थप छलफल चलिरहेकाले आइतबार मात्रै मुद्दा दर्ता हुने स्रोतले बतायो ।