चौलागाईंलाई नेवि संघ मकवानपुरको कार्यबाहक अध्यक्षको जिम्मेवारी

तु खबर संवाददाता
२०८० भाद्र ३०,शनिबार ०९:५७

मकवानपुर । नेपाल विद्यार्थी (नेवि) संघ मकवानपुरका उपाध्यक्ष सन्तोष चौलागाईंले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

अध्यक्ष सुवास सापकोटाले चौलागाईंलाई कार्यबाहक जिम्मेवारी दिइएको पत्र हस्तान्तरण गरेका छन् ।

संघको विधान २०२७ को संशोधन २०७५ को व्यवस्था भए बमोजिम विदैशिक यात्रामा रहेकाले उक्त समयमा संगठनलाई गतिशील बनाई संगठनमा आइपर्ने सबै कामकारवाही गर्ने गरी जिम्मेवारी प्रदान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

उनले चौलागाईंलाई संघको विधि विधान र मान्यताभित्र रहेर काम गर्न आफुले जिम्मेवारी दिएको बताए ।

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएपछि चौलागाईंले आफुले संघको विधि प्रक्रियाभित्र रहेर संगठनको हितका लागि अहोरात्र काम गर्ने बताएका छन् ।