संविधान दिवसको अवसरमा दिप प्रज्वलन

मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम आयोजना गरेको छ ।
नेविसंघ क्याम्पस इकाईले बुधबार क्याम्पस गेट अगाडि नवौं संविधान दिवसको अवसरमा नेविसंघ केन्द्रिय कार्यसमितिबाट परिपत्र भए अनुसार दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम आयोजना गरेको हो ।
भाद्र २८ गते नेविसंघ केन्द्रिय कार्यसमितिबाट असोज ३ गते विभिन्न कार्यक्रम तथा अन्य रचनात्मक कार्यक्रम गरी संविधान दिवस मनाउन सबै जिल्ला समिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई समितिहरुमा परिपत्र गरिएको थियो ।
कार्यक्रम नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष बुद्ध बरामको सभाध्यक्षता एवम् नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सह–सचिव इन्दिरा न्यौपाने, किसान संघ बागमती प्रदेश अध्यक्ष मिरा स्याङ्तान, नेपाली काँग्रेस जिल्ला सदस्यद्वय कालू घलान र नवराज खतिवडा, नेविसंघ केन्द्रिय सदस्य मिलन पुडासैनी, हेटौंडा २ नम्बर वडाध्यक्ष बिष्णु गोपाल महर्जन, नेविसंघ मकवानपुर जिल्ला उपाध्यक्ष सुशन रुम्बा, नेविसंघ मकवानपुर जिल्ला सचिव सुनिल भोम्जन, नेविसंघ मकवानपुर जिल्ला सहसचिव सुमन अर्याल, नेविसंघ मकवानपुर जिल्ला कोषाध्यक्ष दिपेन्द्र तिवारी, नेविसंघ हेटौंडा उपमहानगरपालिका इकाई समिति अध्यक्ष विवेक फुयाल, नेविसंघ मकवानपुर जिल्ला सदस्यद्वय भुवन घलान र विनोद तामाङलगायतको सहागिता रहेको थियो ।