शिक्षक आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको असन्तुष्टि
काठमाडौँ । निर्वाचनका बेला शिक्षकको पक्षमा आवाज उठाउने राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षकहरुको अहिलेको आन्दोलनको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ ।
रास्वपाले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेको हो ।
शिक्षकका पेशागत विकासका मागहरुमा आफूहरुको समेत समर्थन रहेको भन्दै उनले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न आग्रह गरेको हो । संसदमा छलफलपछि विधेयक संशोधन गर्न सकिने रास्वपाले जनाएको छ ।
‘नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नुपर्छ, ती विद्यालयहरुमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं र छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो ।’, विज्ञप्तिमा उल्लेख छ ।