शिक्षकहरुले सडक किनारका बोटबिरुवा भाँचेपछि मेयर बालेन भए भावुक
काठमाडौँ । आन्दोलनको क्रममा शिक्षकहरुले माइतीघर–नयाँ नयाँबानेश्वर सडक किनारका बोटबिरुवा भाँचेका छन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूले आन्दोलनका दोस्रो दिन बिहीबार सो क्षेत्रको बोटबिरुवा भाँचेका हुन् ।
एक दशकअघि सार्क शिखर सम्मेलनताका हरियाली प्रवर्द्धनअन्तर्गत् रोपिएका बिरुवा आन्दोलनका क्रममा केही शिक्षकले उखेलेका हुन् । आन्दोलनका क्रममा दुबो पनि नास भएको छ ।
शिक्षक आन्दोलनका क्रममा बोटबिरुवामा क्षति पुगेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रकृतिवादीको कविता सम्झिएका छन् । क्षति पुगेको सडक किनारको तस्बिर राखेर उनले भावुक हुँदै देवकोटाको ‘नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ’ कविता सम्झिएका हुन् ।