बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० आश्विन ५,शुक्रबार ०८:४५
सांकेतिक तस्वीर

बुटवल । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, झडपको कारण खुल्न सकेको छैन । सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए ।

अहिले त्यहाँको अवस्था सामान्य रहेको छ । बालगृहमा तोडफोड र झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो ।