आयोग निर्माणबारे छलफल गर्न सरकारद्वारा बैठक आह्वान
काठमाडौं । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न सरकारले प्रमुख दलका नेताहरूको बैठक आह्वान गरेको छ ।
बैठक गृहमन्त्रलायमा बस्ने गरी आह्वान गरिएको नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार, बैठक अपराह्न ४ बजे बस्ने भएको हो । यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो ।
उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।