भारतले नेपालबाट सिधै बिजुली व्यापार खरिद गर्ने बाटो खुल्यो

तु खबर संवाददाता
२०८० आश्विन ६,शनिबार १६:०५
file-photo

काठमाडौं । भारतीय राज्यहरूले नेपालबाट सिधै बिजुली खरिद गर्ने बाटो खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, गत साताको बुधबार नयाँ दिल्लीमा भएको एक बैठकको सम्झौतापछि भारतीय राज्यले नेपालबाट सिधै बिजुली किन्ने बाटो खुलेको हो ।

दिल्लीमा सम्पन्न १४ औँ ‘ज्वाइन्ट टेक्निकल टिम’ (जेटीटी) को बैठकमा भएको सम्झौताअनुसार नेपाल र भारतीय राज्यले बिजुली खरिद बिक्री गर्न सक्ने भएका हुन् ।

यसअघि, नेपालले आफ्नो आन्तरिक माग धान्न भारतको विहारबाट बिजुली खरिद गर्दै आएको थियो ।

अब भने नेपालले समेत भारतको विहार र उत्तरप्रदेश राज्यमा सिधै बिजुली बेच्न सक्ने विद्युत् प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिए ।