सुन तस्करी प्रकरण : ‘अनुसन्धानमा सरकारको हस्तक्षेप हुँदैन’

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार १५:३५

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारको कुनै प्रकारको हस्तक्षेप नहुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारे ।

उनले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढङ्गले निष्कर्षमा पुर्याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे ।