धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन् ।
अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो ।
त्यस्तै, सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन् । जसका कारण आवातजावातमा समस्या भएको छ ।