आज विश्व पर्यटन दिवस मनाइँदै
![](https://www.tukhabar.com/wp-content/uploads/2019/08/paryatak.jpg)
काठमाडौं । आज विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
दिवसको अवसरमा विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवम् संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।