एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

तु खबर संवाददाता
२०८० आश्विन ११,बिहीबार ०९:३७
file-photo

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

यस्तै, सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका छन् ।

विद्युतीय मेसिनबाट हुने मतदान बिहान ११ बजेबाट सुरु हुनेछ । सोही दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाइएको छ । जारी अधिवेशनमा प्रदेशका १३ वटै जिल्लाका गरी १ हजार १७४ जना मतदाता रहेका छन् ।