एमालेको बागमती अधिवेशनः मकवानपुरका दुई जना निर्विरोध

तु खबर संवाददाता
२०८० आश्विन ११,बिहीबार १५:१९

काठमाडौं । नेकपा एमालेको ललितपुरमा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा मजदुर क्लस्टरतर्फ तीन जना सदस्य निर्विरोध भएका छन् । जसमध्ये दुई जना मकवानपुरका हुन् ।

मजदुर क्लस्टर अन्तर्गत आवश्यक तीन सङ्ख्यामा तीन जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधी पन्त (काभ्रे), जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल (मकवानपुर) र जिफन्ट पूर्व उपमहासचिव गीता कार्की (मकवानपुर) रहेका छन् ।