माओवादीले शिक्षा विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने

तु खबर संवाददाता
२०८० आश्विन ११,बिहीबार १६:०७

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक सबै पक्षसँग परामर्श गरी परिमार्जन गर्ने भएको छ । बिहीबार काठमाठौं उपत्यकामा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै, पछिल्लो समय देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएको हातपात, धार्मिक तथा सांस्कृतिक दंगाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

धार्मिक तथा सामाजिक सदभाव कायम राख्न पार्टीले सबै पक्षसँग संवाद गर्न पहल कदमी लिने निर्णय गरेको उनले बताए ।

यस्तै, पार्टीले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियानको विषयमा समीक्षा भएको उनको भनाई छ ।