जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाने भएका छन् । उनी शुक्रबार बिहान त्यसतर्फ जान लागेका पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेको प्रचार विभाग प्रमुख बस्नेतले बताए ।
उनका अनुसार कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।