एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेले गरे उम्मेदवारी फिर्ता
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
आन्तरिक छलफलपछि उनले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरे ।
निर्वाचन अन्तरगत अब ढुंगेलसहित चार जना अध्यक्षका उम्मेदवार कायम रहेको निर्वाचन समितिले जनाएको छ । जसमा मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठ रहेका छन् ।
समितिका अनुसार, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदान सञ्चालन गर्ने बताइएको छ । यो बीचमा सहमतिको प्रयास समेत जारी छ ।