८ वर्षीय बालक होस्टेलमा झुन्डिएको अवस्थामा भेटिए
सुर्खेत । विरेन्द्रनगरमा ८ वर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् । विरेन्द्रनगर ६ घण्टाघर नजिकै रहेको उषा बालबाटिका सेकेन्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका– १ का सलाम पुलामी मगर हुन् । उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए ।
होस्टेलमा शुक्रबार साँझ झुन्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म नउठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आफन्तले घटना शंकास्पद रहेको भन्दै शव उठाउन मानेका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए । आक्रोशित आफन्तले स्कुलमा आगजनी गरेका छन् ।