टिप्पणी- जलवायू परिवर्तन र बाइडेनको चिन्ता

गिरिजा अधिकारी
२०८० आश्विन ६,शनिबार ०१:१५

न्यूयोर्क ।  संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७८ औँ महासभामा अमेरिकी राष्ट्रपति जो बाइडेनको मन्तव्यले सबै ध्यान केन्द्रीत गरेको छ । विश्वको प्रभावशाली देशको राष्ट्रपति, विश्वको सबैभन्दा शक्तिशाली मंचमा उनले अहिले विश्वमा तरंग ल्याइरहेको रसिया युक्रेन युद्ध र अर्को मानवजीवन कै अति संवेदनशील विषय जलवायू परिवर्तन बारे बोले ।

रसिया युक्रेन युद्धको सन्दर्भ जति तातो विषय हो त्यति नै तातो र चिन्ताको विषयको रुपमा जलवायू परिवर्तन बारे बाइडेनको सम्बोधन आएपछि फेरी जलवायू परिवर्तनले विश्वमा पारिरहेको समस्या, यसले उत्पन्न गराएको चुनौती र यससंग लड्न विश्व एक ठाउँमा उभिनु आवश्यक रहेको सन्देश विश्वभर पुगेको छ ।

राष्ट्रपति वाइडेनले आफ्नो कार्यकालको प्रारम्भदेखि नै जलवायू परिवर्तन र यसका असरबारे आफ्नो चिन्ता रहेको मन्तव्यका क्रममा उल्लेख गरे । यसका असरका कारण विश्व समुदायले भोगिरहेका समस्याहरु आफ्नो प्रसासनको मुख्य चिन्ताको विषय रहेको कुरा उनले आफ्नो सम्बोधनका क्रममा बताए । उनले त्यस क्रममा केही उदाहरण पनि विश्वमाझ प्रस्तुत गरे ।

आफ्नो सम्बोधनका क्रममा बाइडेनले अमेरिका र चीनमा कीर्तिमानी गर्मी, उत्तरी अमेरिका र दक्षिणी युरोपमा विनाशकारी जंगली डढेलो, अफ्रिकाको हर्नमा खडेरीको पाँचौं वर्ष र लिबियामा दुखद बाढीलाई उद्धृत गर्दै चलिरहेको जलवायु संकटको जीवन्त चित्र प्रस्तुत गरे । यी घटनाहरूले जीवाश्म ईन्धन निर्भरता कम गर्न विश्वव्यापी रुपमा तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई उनले जोड दिए ।

राष्ट्रपति बाइडेनले जलवायु संकटको सामना गर्न संयुक्त राज्य अमेरिकाको समर्पणलाई हाइलाइट गर्नुका साथै बाइडेन प्रशासनले यसलाई पहिलो दिनदेखि नै मानवताको लागि अस्तित्वको खतराको रूपमा व्यवहार गरेकोमा जोड दिए ।

 

मानिसहरुको प्रकृति विपरितका गतिविधिका कारण वायूमण्डलमा अत्याधिक मात्रामा कार्बन डाइअक्साइड बढेको छ । हिउँका तह तीव्र गतिमा पग्लिरहेको छ । सामुद्रीत तह बढीरहेका छन् । जलवायू परिवर्तनका कारण भइरहेका विनासलाई मानिसले अब बुझ्न ढिला भइसकेको छ । सुख्खा पहिरो, बाढी, अतिबृष्टि, अनाबृष्टि जस्ता समस्याहरुसँग अहिले विश्व दिनहुँजसो जुधिरहेको छ । तापक्रमका साथै वर्षात्को समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले पारेको विश्वव्यापी प्रभाव निकै चिन्ताको विषय
छ ।

 

बाइडेनले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको यो विषय पक्कै पनि विश्व समुदायको चिन्ताको विषय हो ।

मानिसहरुको प्रकृति विपरितका गतिविधिका कारण वायूमण्डलमा अत्याधिक मात्रामा कार्बन डाइअक्साइड बढेको छ । हिउँका तह तीव्र गतिमा पग्लिरहेको छ । सामुद्रीत तह बढीरहेका छन् । जलवायू परिवर्तनका कारण भइरहेका विनासलाई मानिसले अब बुझ्न ढिला भइसकेको छ । सुख्खा पहिरो, बाढी, अतिबृष्टि, अनाबृष्टि जस्ता समस्याहरुसँग अहिले विश्व दिनहुँजसो जुधिरहेको छ । तापक्रमका साथै वर्षात्को समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले पारेको विश्वव्यापी प्रभाव निकै चिन्ताको विषय छ ।

कार्बन डाइअक्साइडको उत्पादन न्यूनिकरण गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता हो । नेपालजस्तो देशले जून जंगलले हराभरा छ, यसले बरु कार्बन डाइअक्साइडको न्यूनिकरणमा विश्वलाई सघाइरहेको । तर, विश्व समुदाय भोलिको पृथ्वीलाई ख्याल नगरी कार्बन डाइअक्साइडको उत्पादनमा होडबाजी गरिरहेका छन् । यही होडबाजीमा अमेरिका पनि अग्रपंक्तिमै छ । तथापी आज बाइडेनको सम्बोधनले यसमा बाइडेन प्रसासन जलवायू परिवर्तनका सन्दर्भमा चिन्तित छ भन्ने सन्देश गएको छ भने विश्वलाई एकपटक यसतर्फ सोच्न प्रेरित पनि गरेको छ ।

बाइडेनले यसबाट जुध्न गरेको आह्वाले विश्वमा अहिले भइरहेको जलवायू परिवर्तनका असरबारे फेरी एकपटक सोचेर यसबाट लड्न सामुहिक योगदान आवश्यक रहेको छ । यो साझा समस्याको समाधान साझा योगदान र योगफलबाट मात्र संभव छ ।