बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।
उक्त बैठकमा यसअघि बसेको प्रदेश सभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यस्तै, आजको बैठकमा सरकारी कामकाजको भाषाको व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत हुने र त्यसमाथि सौद्धान्तिक छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव खड्काले बताए ।
बागमती प्रदेश सभा यसअघि गत भदौ ३० गते बसेको थियो ।