११ किलो सुन तस्करी प्रकरणमा थप एक पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १७,बुधबार १६:२९
सांकेतिक तस्बिर

काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षीय आगर लामा रहेका छन् ।

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उक्त प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।