काठमाडौंबाट दमाम उडेको जहाज बिच बाटोबाटै फर्कियो
![](https://www.tukhabar.com/wp-content/uploads/2019/02/airline-e1668774531997.jpg)
काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बिच बाटोबाटै काठमाडौं फर्किएको छ ।
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए ४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।
विमानस्थल कार्यालय स्रोतका अनुसार, जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर थियो ।
उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी रहेको र यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।