कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

तु खबर संवाददाता
२०८० आश्विन १८,बिहीबार १५:४०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार, आज छापावाल सुनको भाउ तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ भने तेजाबी सुनको भाउ तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ भने लगातार तेस्रो दिन स्थिर कायम छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँ रहेको जानकारी दिएको छ ।

हिजो बुधबार र मंगलबार समेत सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।