भारती शेर्पाको मुद्दामा सुनुवाइ सकियो

तु खबर संवाददाता
२०८० आश्विन १८,बिहीबार १६:०३

काठमाडौं । नेपालगन्जका योगराज ढकाल ‘रिगल’ को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको आज सुनुवाइ सकिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको बिहीबार भएको हो । अदालत स्रोतका अनुसार सुनुवाइ सकिए पनि आदेश आउन बाँकी रहेको छ ।

रिगलले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

उक्त मुद्दामा बालकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।