६० किलो सुन प्रकरण: प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियो
काठमाडौं । हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।
प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् । जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।
उत्तव प्रकरणमा हाल २६ जना थुनामा रहेका छन् । जवाफी बहस सकिएपछि प्रतिवादीलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागी थुनामा पठाउने बारे आदेश आउने जनाइएको छ ।