सुन तस्करी प्रकरण: पक्राउ परेकालाई थुनामा पठाउन आदेश

तु खबर संवाददाता
२०८० आश्विन २०,शनिबार १०:०२
file-photo

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६० किलो सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ । अदालतले पक्राउ परेकामध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए ।

सुन तस्करीमा संलग्न रहेको अरोपमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् ।

पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् ।