स्वीजरल्याण्डकी नवनियुक्त राजदूत र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
राजदूत मेउली बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सचिवायका अनुसार, आजको भेटमा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको थियो ।
यसअघिकी राजदूत एलिजाबेथ भोन क्यापलरले आफ्नो साढे ५ वर्षे कार्यालय समाप्त गरेर स्वदेश फर्किएपछि उनको स्थानमा मेउली नेपाल आएकी हुन् ।