शरद ऋतुमा हिमाल चढ्न ८८१ जनाले लिए अनुमति

तु खबर संवाददाता
२०८० आश्विन २९,सोमबार ०९:१४
file photo

काठमाडौं । शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जना आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार, शुक्रबारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति जारी भएको छ । जसमा ७०२ जना पुरुष र १७९ जना महिला रहेका छन् ।

यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ । सबैभन्दा बढी मनास्लु हिमालमा २६ टोलीका ३०१ जना यात्रुले आरोहण अनुमति लिएका छन् ।

यसैगरी, अमादब्लम हिमालमा १८ टोलीका १९८ जना, हिमलुङ हिमालमा १४ टोलीका १११ जना, पुठा हिउँचुलीमा ५ टोलीका ३३ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।