मानव अधिकार आयोग दशैँ विदामा पनि खुल्ला रहने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दशैँ विदामा पनि खुल्ला रहने भएको छ ।
प्रवक्ता टीकाराम पोखरेलका अनुसार, दशैँ अवधिमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरु खुल्ला रहने भएको हो ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको विदाका दिनमा पनि कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाएको उनले बताए ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने प्रवक्ता पोखरेलले बताए ।