दसैँको सार्वजनिक विदामा पनि आयल निगमका डिपोहरू खुला हुने
काठमाडौँ । दसैँको सार्वजनिक विदामा पनि आयल निगमका बिक्री केन्द्र (डिपो) हरू खुला हुने भएको छ ।
यही कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिन सम्म नै बिक्री केन्द्रहरू खुला हुने नेपाल आयाल निगमले जनाएको छ ।
जसअनुसार कोशी प्रदेशको विराटनगर कार्यालय र मधेस प्रदेशको अमलेखगञ्ज कार्यालय कात्तिक ४ गते अर्थात् फूलपातीका दिन र कात्तिक ९ गते पूर्णिमाका दिन खुल्ने छ । अरू दिन भने यी दुई डिपो कार्यालयहरू बन्द रहनेछन् ।
यस्तै, बागमती प्रादेशिक कार्यालय थानको कात्तिक ४, ६ र ९ गते, गण्डकी प्रादेशिक कार्यालय, पोखरा, कात्तिक ५ र ९ गते, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा कात्तिक ४, ६ र ९ गते, कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत कात्तिक ४ गते खुला हुनेछ ।
यसैगरी, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी कात्तिक ५ र ८ गते खुल्ने छ भने शाखा कार्यालय चारआली कात्तिक ४ र ८ गते, इन्धन डिपो, धनुषा कात्तिक ४ र ८ गते, नेपालगञ्ज कात्तिक ५ गते र वीरगन्ज कात्तिक ४ देखि ९ गतेसम्म नै खुला रहने निगमले जनाएको छ ।