एमाले मनहरी–९ द्वारा शुभकामना आदानप्रदान एवम् पार्टी पुनिर्मलन कार्यक्रम

तु खबर संवाददाता
२०८० कार्तिक ३,शुक्रबार १७:४२

मकवानपुर । नेकपा एमाले मनहरी गाउपालिका वडा न. ९ ले नेपालीहरुको महान पर्व बडादसैँ, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् पार्टी पुनिर्मलन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यता एवम् एमाले मनहरी–९ का अध्यक्ष महेन्द्र राना मगरको सभाध्यक्षतामा भएको हो । सो क्रममा प्रमुख अतिथि पौडेलले समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अगाडि बढेको नेकपा एमाले नै नेपालीहरूको हकहितका लागि काम गर्ने एक मात्र पार्टी भएको बताए ।

उनले अहिलेको गठबन्धनबाट जनताले केही प्राप्त गर्न नसक्ने भएको हुँदा यो सरकार नेपाल र नेपालीको हितको निम्ति नभइ भ्रष्टचारी, अपराधी र बिचौलियाको हितको निमित्त काम गरिरहेको आरोप लगाए ।

यस्तै, सोही अवसरमा नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य साधुराम अधिकारी, मानबहादुर स्याङ्तान, रामचन्द्र सुबेदी, युवा संघ मनहरी अध्यक्ष कृष्ण चन्द्र पुरी, मनहरी गाउँ कमिटीका सदस्यहरुलगायत विभिन्न पदमा रहेका १०५ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले मनहरी अध्यक्ष नविन सुबेदी जानकारी दिए ।

उनीहरुलाई प्रमुख अतिथि पौडेलले टिका र खाता लगाएर पार्टीका स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले बागमती प्रदेश प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, बद्री लम्साल, एमाले नेता अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।