नदीमा डुबेर २ बालकको ज्यान गयो

तु खबर संवाददाता
२०८० कार्तिक १०,शुक्रबार १५:२९
सांकेतिक तस्वीर

धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीय दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् ।

प्रहरीका अनुसार, बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको ज्यान गएको हो । उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो ।

मृतक दुबै जनाको शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।