जनकपुरमा अन्नको मूर्ति बनाइने
काठमाडौं । जनकपुरमा अन्नको मूर्ति बनाइने भएको छ । विश्वमै पहिलो पटक जनकपुरमा अन्नबाट ११ हजार स्क्वायर फिटको मूर्ति बनाइने भएको हो ।
जनकपुरमा हुने विवाह पञ्चमीको अवसरमा सो मूर्ति बनाउन लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले जानकारी दिए ।
अन्नबाट राम र सीता स्वयंवर (विवाह) को मूर्ति बनाइने भएको हो । सो मूर्ति निर्माण भएपछि वर्ल्ड रेकर्डका लागि दाबी गर्ने कोषका अध्यक्ष साहले बताए ।
उनका अनुसार, आगामी मंसिर २० गतेदेखि निर्माण कार्य सुरु हुने उक्त मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट कालिगड आउने छन् ।
जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने र मूर्ति निर्माणका लागि ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष साहले बताए ।jana