मकवानपुर प्रहरीद्वारा ७२० वटा सवारी साधनलाई कारबाही

तु खबर संवाददाता
२०८० कार्तिक १२,आईतवार १६:२२
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले दसैं अवधिमा ७२० वटा सवारी साधनलाई कारबाही गरेको छ । प्रहरीले बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनले सवारी साधनलाई कारबाही गरेको हो ।

प्रहरीले सो अवधिमा बढी भाडा लिने १० वटा सवारी साधनलाई कारबाही गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्त लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, सो सवारी साधनलाई कारबाही गरी ६६ जना यात्रुको बढी भाडा २३ हजार २२५ रुपैयाँ रकम फिर्ता गरिएको छ ।

यस्तै, प्रहरीले माधक पदार्थका सेवन गरी सवारी चलाउने १८ वटा, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १७१ वटा, टिकट जारी नगर्ने ५८ वटा र अन्य ४६३ वटा सवारी साधनलाई कारबाही गरिएको प्रवक्ता भण्डारीले बताए ।