हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द

तु खबर संवाददाता
२०८० कार्तिक १३,सोमबार ०९:०५
file-photo

मकवानपुर । हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द भएको छ । आर्थिक संकटको कारण यसअघि पटक–पटक बन्द हुँदै आएको सिमेन्ट उत्पादन फेरि कोइला खरिद गर्न नसक्दा बन्द गर्नु परेको सो उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले जानकारी दिए ।

उद्योगका महाप्रबन्धक पाण्डेले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको भन्दै आजबाट सिमेन्टको उत्पादन बन्द गर्नुपरेको बताए ।

उनले सो बारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराएको बताउँदै संघीय सरकारको तर्फबाट केही आर्थिक अनुदान उपलब्ध भएमा सिमेन्ट उत्पादनलाई पुनः संचालनमा ल्याउने बताए ।

हाल उद्योगबाट उत्पादन भएको कूल ३ लाख बोरा सिमेन्ट काठमाडौं उपत्यका, पोखरा, विरगञ्चलगायत विभिन्न शहरहरुमा बिक्रीवितरणको पठाइने तयारी गरिएको उनको भनाई छ ।

साथै उनले उक्त उत्पादिन सिमेन्ट बिक्रीबाट आएको रकमले कोइला खरिदमा सहयोग पुग्ने पनि बताए ।