मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० विन्दुमा कायम भएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको २२ लाख ५८ हजार १८७ कित्ता शेयर किनबेच भएको छ भने ५७ करोड १४ लाख ८३ हजारको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से परिसूचक ३ अंकले बढेर १८८७.७० को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच भएको छ भने ६९ करोड ४२ लाख २२ हजारको कारोबार भएको छ ।
शेयर बजारमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । यसअघि सोमबार नेप्से सामान्य अंकले बढेसँगै १० उपसूचकमा हरियाली छाएको थियो ।