नेपाल–भारत सीमा स्तम्भको मर्मत कार्य सुरु

तु खबर संवाददाता
२०८० कार्तिक १६,बिहीबार १६:०५

जनकपुरधाम । नेपाल–भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत कार्य सुरु गरिएको छ ।

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको बिहीबारबाट मर्मत कार्य सुरु गरेको हो ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ जटही स्थित १८५ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै उक्त कार्य सुरु गरिएको हो ।

मधेश प्रदेशमा नेपाल र भारत सीमा दशगजामा ४ हजार भन्दा बढी सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने कार्य सुरु भएको मधेश प्रदेश सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार, विजोर नम्बरको सीमास्तम्भ नेपालले र जोर नम्बरको भारतीय एसएसबीले मर्मत कार्य गरेको हो ।