आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइदै

तु खबर संवाददाता
२०८० कार्तिक १७,शुक्रबार १०:००
file photo

काठमाडौं । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदैछ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगत आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको हो ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम संचालन गर्दै आइरहेको थियो ।

तर, यस वर्ष भने दसैं परेका कारण पहिलो चरणको कार्यक्रम आज र भोलि संचालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

उक्त दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ

साथै १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि पनि खुवाइने छ ।