प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । प्रधानसेनापति शर्मा गएराति स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए । प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गरेका थिए ।