भुकम्पबाट पीडितको उद्दार गर्न ८५९ जना प्रहरी उद्धारमा परिचालित

तु खबर संवाददाता
२०८० कार्तिक १८,शनिबार १७:१४
file-photo

काठमाडौं । जाजरकोट र रुकुम पश्चिम भुकम्प पीडितको उद्दार गर्नको लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ ।

भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, जाजरकोटबाट ४५०, रुकुम पश्चिमबाट ३२०, प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९ जना प्रहरी परिचालन गरिएको हो ।

यसैगरी, चौरजहारी बेस क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालका चिकित्सक ११, सल्यानबाट १० र इप्रका बादेपिपल सुर्खेतबाट ९ जना प्रहरी उद्दारको लागि परिचालन गरिएको हो ।