हेटौंडा लेडी जेसीजको जेसीस सप्ताह सम्पन्न

मकवानपुर । हेटौंडा लेडी जेसीजको सप्ताह २०२३ सम्पन्न भएको छ । गत कात्तिक १५ गते बुधबारबाट सुरु भएको जेसीस सप्ताह विभिन्न कार्यक्रम गरी शनिबार समापन गरिएको हो ।
समापन कार्यक्रम हेटौंडा लेडी जेसीज वर्ष–२०२३ का अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा जेसीज सप्ताह अन्तर्गत ८ वटा कार्यक्रममा सहभागी तथा विजेता बनेकालाई पुरस्कार वितरण गरिएको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रम इन्दिरा बानियाँको संयोजकत्वमा भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय एकलाल श्रेष्ठ र प्रेमबहादुर पुलामी (छिन्तु), हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान, हेटौंडा–८ का वडाध्यक्ष राम थापा, हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, जेसीज सप्ताह मुल संयोजक अस्मिता न्यौपाने, हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौला, लेडी जसीज पुर्व अध्यक्ष शुसिला पौडेललगायत विभिन्न शाखाका जेसीज प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।