भूकम्प पीडितलाई एमाले बागमतीले आर्थिक रकम उपलब्ध गराउने

तु खबर संवाददाता
२०८० कार्तिक २०,सोमबार १०:०७
file-photo

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत स्वरुप आर्थिक रकम उपलब्ध गराउने भएको छ ।

एमाले बागमतीले भूकम्पमा परेर जनधन गुमाउन पुगेका नागरिकलाई राहत स्वरुप ५ लाख ७० हजार रुपैयाँ आर्थिक रकम उपलब्ध गराउने निर्णय गरेको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।

उक्त रकम एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारहरुका तर्फबाट सरकारको राहतकोषको खातामा जम्मा गर्ने उनले बताए ।

गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पबाट ११ जिल्ला प्रभावित बनेको छ भने १५७ जनाको मृत्यु र २५६ जना घाइते भएका छन् ।