राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

तु खबर संवाददाता
२०८० कार्तिक २१,मंगलवार ०९:१४
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदैछन् । राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ जाने भएका हुन् ।

सो बारे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी गराएका हुन् । उनका अनुसार, राष्ट्रपति पौडेल आज बिहान त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

गत कात्तिक १७ गते शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसहित ११ वटा जिल्ला प्रभावित भएको छ ।