हेटौंडामा विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८० कार्तिक २२,बुधबार ०९:५६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता साहित्य संगम मकवानपुर र युग प्रकाश क्लब हेटौंडाको संयुक्त आयोजनामा हुने भएको हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा यही कात्तिक २६ गते विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिए ।

उनका अनुसार, हेटौंडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा कक्षा–१२ सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा सहभागी कविहरुले बढीमा दुइ सय शब्दसम्मको कविता लेख्नुपर्नेछ ।

सो प्रतियोगितामा उत्कृष्ट हुने तीन जनालाई २ हजार रुपैयाँ र प्रोत्साहनस्वरुप एक जनालाई एक हजार रुपैयाँसहित प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।