हेटौंडाको मासु पसलमा अनुगमन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका बजार क्षेत्रमा अनुगमनलाई तीब्रता दिइएको छ ।
चाडपर्व नजिकिएसँगै संयुक्त बजार अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रभित्र संचालित पसलहरुमा लगातार चार दिनदेखि अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँको नेतृत्वमा गरिएको अनुगमन टोलीले बिहीबार हेटौंडामा रहेको १२ वटा विभिन्न मासु पसलमा अनुगमन गरेको छ ।
सो अनुगमन टोलीले अनुगमनका क्रममा सरसफाई लगायतका विषयमा सामान्य निर्देशन दिइएको मकवानपुरका प्रजिअ चापागाईँले जानकारी दिए ।
अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिहरु रहेका थिए ।