आज काग तिहार मनाइँदै

तु खबर संवाददाता
२०८० कार्तिक २५,शनिबार ०८:४४
file-photo

काठमाडौं । नेपालीहरूको दोस्रो महान पर्व तिहार अर्थात् यमपञ्चक आजबाट सुरु भएको छ । तिहारको आज पहिलो दिन कागको पूजा गरी मनाइँदैछ ।

आज कागको पूजा गरी मीठा–मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ ।

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।