लोक सेवा आयोगद्वारा कर्मचारी माग
काठमाडौं । लोक सेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी माग गरेको हो । जसमा प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारी माग गरिएको छ ।
आयोगले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई यही मंसिर १९ गतेभित्र दरखास्त दिन सक्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सकिने र त्यसको लागि दरखास्त शुल्क १ हजार २ सय र एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्ने जनाएको छ ।