टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध ८ वटा निवेदन दर्ता

काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध हालसम्म ८ वटा रिट निवेदन दर्ता भएको छ ।
सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ८ वटा रिट निवेदन दर्ता भएको जनाइएको छ ।
उक्त रिट निवेदनहरूमाथि यही मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुनेछ ।
सरकारको गत कात्तिक २७ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारको सो निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।